धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण विमारीमा हुँदैं स्वास्थ्यकर्मीहरुमासमेत देखिन थाले पछि आजदेखि पुन लकडाउन गरिएको छ ।

एक जना चिकित्सकका श्रीमान् र सर्जरी विभागको वर्डामा बसेका विमारीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण फैलन नदिन लकडाउन गरिएको प्रतिष्ठान रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मीले जनाएका छन् ।
उनले आजै विज्ञप्ति जारी गरि आवास क्षेत्रमा बिशेष केन्द्रीत गरि, ओपिडी, वार्डलगायत अस्पताल क्षेत्रमा पनि फैलने देखिए पछि लकडाउन गरिएको जनाएका छन् ।

आवास र छात्रवास प्रयोग गर्ने शिक्षक, कर्मचारी तथा तीनका परिवारलगायत विद्यार्थीहरुलाई अत्यावश्यक काममा बाहेक आफ्नो आवासबाहिर नजान निर्देशन रजिष्टार रेग्मीले जारी गरेका छन् । प्रतिष्ठानको हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिडडुल नगर्नका लागि सुरक्षाकर्मीसमेत परिचालन गरिएको सूचनामा उलल्ेख छ । अत्यावश्यक काममा बाहिर जानु परे पूर्व स्वीकृत लिनसमेत भनिएको छ ।
विशेष आवास क्षेत्रलाई फोकस गरि लकडाउन गरिएको प्रतिष्ठानले जनाएको छ । अकास्मिक कक्षमा उपचारका लागि आउने चिकित्सकहरुलाई सावधानी अपनाउन प्रतिष्ठानले अनुरोध गरेको छ ।