धरान / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वायोकेमेष्टी विभागकी फ्याकल्टी चिकित्सकका श्रीमान् विगञ्ज गएर गत शनिवार आएको खुलेको छ ।
उनलाई हिजो मात्र पिसिआर परीक्षण गर्दा पोजेटिभ भएको रिर्पोट आएको थियो । उनी ससुराली घर विरगञ्ज पुगेर शनिवार धरान फर्केका थिए । उनलाई हिजै आइसोलेसनमा भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनकी श्रीमतिलगायत परिवारको पनि आज स्वाब संकलन गरिएको छ । उनी प्रतिष्ठानमा श्रीमति, एक छोरी र आमा बस्दैं आएका थिए ।
जीउ दुख्ने, ज्वरो आउने भए पछि उनले आइतबार स्वाब संकलनका लागि प्रतिष्ठानमा सम्पर्क गरेका थिए । सोमबार कोरोना संक्रमणको पाेजेटिभ रिर्पोट आए पछि हिजो साँझ नै आइसोलेसनमा भर्ना गरिएको छ । उनको स्वाब संकलनमा संलग्न चिकित्सकलाईसमेत निगरानीमा राखिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठान श्रोतका अनुसार ती व्यक्ति एक साता अघि विराटनगर गएर फर्केका थिए । त्यस पछि अघिल्लो मंगलबार विरगञ्ज गएर गत शनिवार धरान फर्केका थिए । उनलाई शनिवारदेखि नै जीउदुख्ने समस्या भएको बताइएको छ । आइतबार ज्वरोसमेत आए पछि शंका लागि फिवर क्लिनिको सम्पर्कमा गएको बताइएको छ ।