ब्लाष्टखबर । प्रदेश १ मा पछिल्लाे २४ घण्टामा ९ जनामा काेराेना संक्रमण देखिएकाे छ । संक्रमित देखिएकाहरू मध्याे ८ जना माेरङका रहेका छन्, भने १ जना सुनसरीका रहकाे प्रदेश १ सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ अधिकृत रञ्जु रेग्मीले जनाएकी छिन् । रेग्मीका अनुसार संक्रमित हुनेहरूमा विरटनगरका १ महिला ३ पुरूषा गरी ४ जना रहेका छन् ।  त्यस्तै रङ्गेलीकी १ महिला, मिक्लाजुङका २ पुरूष, सुनवर्शीका १ पुरूष र धरानका १ पुरूषमा काेराेना संक्रमणा देखिएकाे   रेग्मीले बताएकी छिन् । 

उनले आज ८ सय ६९ जनामा गरिएकाे परिक्षणमा ९ जनामा संक्रमण देखीकाे बताएकी हुन् ।

रेग्मीले स्थाइ ठेगाना प्रदेश १ भएक ९ सय ७० र प्रदेश १ बाहिरका ५ गरी हाल सम्म प्रदेश १ मा ९ सय ७५ संक्रमण पुष्टिभएकाे जानकारी दिएकी छिन् । त्यस्तै, प्रदेश १ मा  हाल १ सय ८६ जना  संक्रमित आइसाेलेसनमा रहेकाे र ७ सय ४७ जना निकाे भएर घर फर्केकाे उनले बताएकी छिन् ।