ब्लाष्टखबर । विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा एक डाक्टरका श्रीमान र प्रतिष्ठानमा उपचार पछि डिस्चार्ज भएका एक विरामीमा काेराेना संक्रमण देखिएकाे छ । सर्जरी युनिट १ बाट डिस्चार्ज भएका विराटनगरका एक विरामीमा काेरानाे संक्रमण पुष्टि भएकाे प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जनाएका छन् ।
उनका उनुसार संक्रमित विरामी निकने भएर डिस्चार्ज भएपछि काेराेना परिक्षणकाे रिपाेर्टमा संक्रमण देखिएकाे हाे । रिपाेर्ट आए लगात्तै उक्त विरामीकाे उपचारमा खटिएका डाक्टर, नर्स र नजिकका विरामीहरुको कन्ट्याक ट्रेसिङ भइरहेको उनले बताएका छन् ।
संक्रमित व्यक्तिलाइ विराटनगर कै आइसुलेसनमा लगिएकाे पनि उनले जनाएका छन् । त्यस्तै डाक्टरका श्रीमालाइ संक्रमण पुष्टि भएपछि उनलाई हिजो साँझ नै आइसोलेसनमा लगिएको प्रतिष्ठानले जनाएको छ ।