मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा ६ जनामा कोरना संक्रमण पुष्टि भएको छ । मिक्लाजुङ गाउँपालिकाले संचालनमा ल्याएका विभिन्न क्वरेन्टिनमा बसेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरना संक्रमितहरुमा वडा नं. ९ को मनकामना आधारभुत विद्यालयको क्वारेन्टिमा बसेका १ जना, वडा नं. ७ को मनहोर जनता मा.वि. को क्वारेन्टिनमा बसेका ३ जना र मिक्लजुङ वडा नं. ५ को सरस्वती आधारभुत विद्यालयको क्वरेन्टिनमा बसेका २ गरी जम्मा ६ जनामा कोरोना संक्रम पुष्टि भएको भएको मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोख्रेलले बताए ।

गत सोमबार ८१ जनाको स्वाब संकलन गरि परिक्षणका लागि प्रदेश प्रयोगशाला बिराटनगर पाठाइएकोमा बाँकी ७५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित बिरामीलाई थप उपचारका लागि गोठगाउँ पढाइएको छ ।

संक्रमितहरु संग सम्पर्कमा रहेका हरुलाई भने पुन परिक्षण गरेरमात्र घर पठाइने मिक्लजुङ गाउँपालिकाका स्वास्थ्यकर्मी रोहीणी भट्टराईले बताए ।