ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा ५७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जोगेश्वर गौतमले बताएका छन् ।
आज १ सय ३ जना संक्रमित निकाे भइ डिस्चार्ज भएका छन् । यस सँगै हाल सम्म डिस्चार्ज हुनेहरूकाे संख्या ११ हजार ६ सय ३७ जना पुगेकाे डा. गौतमले जनाएका छन् । उनले ५ हजार ८ सय २५ जना काेराेना संक्रमपतकाे विभिन्न अस्पतालका आइसालेसनमा राखि उपचार भइरहकाे पनि जानकारी दिएका छन् ।