काठमाडौं । नेपालमा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विहीबार १६७ थपिता नेपालमा कुल संख्या १७ हजार ३ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जनाइए अनुसार गत २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् । दैनिक ४ सय माथि संक्रमित संख्या पुगेको नेपालमा एक सातादेखि संक्रमितको दर घटेको छ । कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३९ जनाको मृत्यु भएको छ ।