धरान /  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा रहेका १२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्केका छन् । शनिवार दुई बर्षे बालकसहित झापाका ८, खोटाङका ३ र सुनसरीको १ जना गरि १२ जना निको भएर घर फेर्केको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उनको अनुसार हाल २८ जना उपचारार्थ रहेका छन् । हालसम्म २३९ जना निको भएर घर फर्केका छन् । प्रतिष्ठानमा ११ हजार २ सय ३३ जनाको पिसिआर परीक्षण गरिएको छ ।