ब्लाष्टखबर । धरानमा थप ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । बहराइन र साउदी अरबबाट आएइ धरान १७ स्थित एन्फा एकेडेमीकाे क्वारेन्टाइनमा बसिरहेका पुरूष रहेका धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताेले बताएका छन् ।

मेहताेका अनुसार संक्रमण हुनेहरूमा धरान वडा नं ५ का २६ बर्षीय पुरुष र  ८ का २५ बर्षीय र ३८ बर्षीय पुरुष १३ का ६६ बर्षका पुरुष रहेका छन् । 

संकुमितहरूलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाउने तैयारी भइरहेकाे मेहताेले बताएका छन् । उनले क्वारेन्टाइन्मा रहेका ४२ जनाको स्वाब संकलन  गरि परिक्षण गरिएकाेमा वाकी २८ जनामा भने संक्रमण नदेखिएकाे बताएका छन् । संक्रमण नदेखिएकाहरलाइ १४ दिन सम्म हाेम क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिनेछ उनलेृ बताएका छन् ।