ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा १ सय १८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ  । 

आज १ सय २० जना संक्रमित निकाे भइ  डिस्चार्ज  भएका छन् । यस सँगै हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या ८ हजार ११ जना पुगेकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले जनाएका छन् ।