धरान  / काठमाडौं र वीरगन्‍जका तीन बालकसहित थप नौजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेजनाएको छ ।

शुक्रबार साँझ पर्सा वीरगन्जका नौ र १० वर्षका बालक तथा २३ र ४७ वर्षका महिला, काठमाडौं सतुंगलका सात वर्षका बालक, उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङको गढवा र तुलसीपुरका २३, ३६, ३४ वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीलेजानकारी दिए । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको दुई सय ६७ पुगेको छ । पछिल्लो एकसातादेखिनेपालमा संक्रमितको संख्या हा्त्तैबढेको छ ।