ब्लाष्टखबर । ईलाका प्रहरी कार्यालय इटहरीकाे थुनुवामा रहेका एक जनामा २ पटक आरडीटी परिक्षण गर्दा रिपोर्टपनि २ खाले आएको छ  । 

 बाल याैन दुरूपयाे मुद्दामा म्याद थप भएका उक्त व्याक्तिकाे २ पटक परिक्षण गर्दा  पोजेटिभ र नेगेटिभ दुबै आएको प्रहरी कार्यालय इटहरी डिएसपी  धर्मराज भण्डारीले बताएका छन् । उनले ती व्याक्तिमा परिक्षण गर्ने क्रममा पहिलाे रिपोर्ट पोजेटिभ देखाए पछि दाेस्राे पटक परिक्षण गर्दा नेगेटिभ देखाएकाे बताएका छन् । 

उनले भने ' दुई पटक परिक्षाण गरेकाे हाे । पहिलाेपटक पाजेटिभ देखायाे देस्राेपटक नेगेटिभ देखाएकाे छ । परिक्षण डाक्टरले नेगेटिभ नै हाे भनेर जानकारी गराउनु भएकाे छ ।  ' 

उनले डाक्टरले नेगेटिभ भनेर जाकारी गराइसकाे भएपनि बाहिर हलला भएकाेले पिसिआर परिक्षणकाे लागि नमुना विराटनगर स्थित काेशी अञ्चल अस्पतालमा लगिएकाे बताएका छन् ।

डिएसपी भण्डारीले भने  ' अनावश्क हल्ला बढि भयाे ,  आरडीटी काे रिपाेट के आयाे भनेर भन्दा पनि आफ्नाे व्यावहार परिर्वतन गरेर काेराेनाबाट बच्न सकिन्छ । डाक्टरले नेगेटिभ नै भएकाे भन्ने जानकारी गराएकाेले पहिला जसरी राखीउकाे थियाे त्यसरी नै राखिएकाे छ । '