धरान / उदयपुरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका १२ र अन्य दुईजना नेपलालीहरुलाई विराटनगर ल्याइएको छ ।
उनीहरु सबै त्रियुगा नगरपालिका–३ स्थित भुल्लेको एक मस्जिदमा भेटिएका थिए । उनीहरुको र्यापिड टेष्टमा नेगेटिभ आएपनि विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएपछि पुनः परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । उनीहरु मध्ये १२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए पछि उनीहरलाई आइसोलेसनमा राख्न हिजो राती १२ बजे विराटनगर प¥याइएको हो ।
सबै एउटै मस्जिदमा बसेका कारण को पोजेटिभ को नेगेटिभ छुट्याउन गाह्रो भएको कारण १६ जनालाई अस्पताल पठाउन स्थानीय प्रशासनले चार वटा एम्बुलेन्सको व्यवस्था गरेको उदयपुर समाचारदाता सिंह चाम्लिङले जानकारी दिए ।उनीहरुको ट्राभल्स हिस्टि अध्ययन गरेर थपकडाई र उनीहरुयसअघि बसेको स्थानमा सिल गरिने बताइएको छ ।
उनीहरुलाई विराटनगरमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालमा राखिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।
धरानमा सतर्कता
उदयपुरको मस्जिदमा बसेकामा संक्रमण देखिए पछि मस्जिद सिल गरिएको छ । धरान–चतरा–गाइघाट सडक पूर्णरुपमा बन्द गरिएको छ । धरानमा पनि उच्च सतर्कता अपनाइएको इलाका प्रहरकिार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । धरानमा आज लकडाउन थप कडा बनाइएको छ ।