धरान / उदयपुरमा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १६ मध्ये १२ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। उनीहरुको विराटनगरस्थित कोशी प्रदेशिक अस्पतालमा टेष्ट गरिएको थियो ।
भुल्केस्थित मस्जिदमा केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो।
उनीहरुको रिर्पोट पोजेटिभ आए पछि उनीहरु बसेका मस्जिद प्रशासनले सिल गरेको छ । उनीहरुसँगै बसेकाहरुलाई समेत प्रशासनले नियनत्रण मालिएको छ । १२ जनलाई भने धरान वा विराटनगर आइसोलेसनमा पठाउने तयारी गरिएको उदयपुर समाचारदाता सिंह चाम्लिङ राईले जानकारी दिए । १२ जनामा पोजेटिभ भेटिए पछि उक्त क्षेत्रका स्थानीयमा त्रास बढेको छ । वरपरकास्थानीय त्रसित भएका छन् ।