धरान  / नेपालमा एकै दिन कोरोना भाइरसका १४ जना संक्रमित भेटिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ३० पुगेको छ ।
शुक्रबार थपिएकामध्ये १२ जना उदयपुरको एक मस्जिदमा थिए । उनीहरुमध्ये केही भारतीय हुन् । शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका–८ का आमा छोरा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एकै दिन १४ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम बढेको र थप सतर्कता अपनाउनु पर्ने देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वाशुदेव पाण्डे जानकारी दिएका छन् ।