धरान / नियमित खुल्दैं धरान–१३ स्थित कृषीबजारमा भारतीय सब्जी व्यापारीको आवतजावतले कोरोना भाइरस(कोभिड १र्९को जोखिम बढेपछि बेशाख १० गतेसम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय भएको छ ।
आज उपमेयर मञ्जु भण्डारीको अध्यक्षतामा व्यापारी एवं सरोकारवालासहित बसेको बेठकले असुरक्षा बढेको भन्दैं बन्द गर्ने निर्णय गरेको हो । कृषी बजारमा भारतीय व्यापारी तथा अन्य व्यक्तिको भीडभाड बढि हुदासमेत चेकजाँच गर्ने कुनैव्यवस्था नभएको विषयमा ब्लाष्ट खवरले हिजो समाचार प्रकासित गरेको थियो । कृषी बजार कोराना संक्रमणको उच्च जोखिम भएको विषयमा ब्लाष्ट खवरलेसमाचार प्रकाशन गरे पछि आज कृषीबजारव्यवस्थापन, धरान उपमहानगरपालिका र सरोकारवालाहरुको द्धलफल भएको हो ।
सब्जीको गाडीबाट मानिसहरु लुकेर आउने गर्दा नेपालम ाबढि भारतीय भित्रिए पछि तरकारीबजारबन्द गरिएको हो ।
धरान उपमहमनगरपालिकाले उपभोक्ताहरुलाई घरघरमा तरकारी पु¥याउन भनेर कृषी बजारलाई खुल्ला गरि केह ीव्यपारीहरुलाई इजाजत दिए तरकारी वडा वडामा पु¥याउदै.आएको थियो । कृषी बजार बन्द भएपछि अव धरानमा अव उपभोक्ताहरुलाई तरकारी खरिदमा समस्या हुने भएको छ । धरानका सबै नाका बन्द गरेर तरकारी आयत केही दिन नगर्ने भएको छ ।