धरान । ज्वरोलगायत देखिएका एक भारतीय सब्जी ब्यापारीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिएको छ ।

केही दिनअघि नेपालमा प्रवेश गरेका ती भारतीयलाई आइसोलेसनमा पु¥याइएको धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । ‘केही दिनदेखि आएर लुकेर बसेको रहेछन, मेडिकलमा गएर पखाला चलेको औषधि मागेपछि थाहा भयो’ उनले भने, ‘त्यसपछि खोजी गरेर उनलाई आइसोलेसनमा पु¥याइएको हो ।’

उनलाई ज्वरो, पखालालगायत लागेको पाइएको अध्यक्ष काफ्लेले बताए । उनी धरान–१५ मा भाडाको घरमा बस्दै आएका थिए । अहिले उनी बसेको क्षेत्रका मानिसहरू त्रसित बनेका छन् । केही दिनअघि नै सब्जीको गाडीमार्फत् धरान आएको हुनसक्ने अनुमान गरिएको छ । तर, कुन सब्जीको गाडीमा उनी धरान आइपुगे भन्नेबारेमा ‘ट्रेसिङ’ गर्ने काम भइरहेको छ ।