धरान / धरान १३ स्थित कृषि बजार असुरक्षित भएको छ । उक्त बजारमा मानिसहरुको आउजाउ विहानदेखि बेलुकासम्म हुने भए पनि त्यहाँ आउने मानिसको चेकजाँच गर्ने व्यवस्था बजार व्यवस्थापन समितिले गर्न सकेको छैन् ।
बजार परिसरमा निर्वाध रुपमा मनिसहरु छिर्ने गर्दछन् । उक्त क्षेत्रमा भारतीय व्यापारीहरु पनि प्रसस्त छन् । उनीहरुको आफन्तहरुको आउजाउ उतिकै हुने गरेको छ । कृषी बजारमा तरकारी व्यापार गर्दै आएका एक व्यापारीका दाजु झण्डै ४ दिनअघि भारतबाट धरान आई विमारी भए पछि स्थानीयमा कोरोनाको जोखिम बढेको भन्दै चिन्तित भएका छन् ।
आइतबार विमारी भएका उनलाई आज नियन्त्रणमा लिएर धरान–११ स्थित क्यारेन्टाइनमा राखिएको छ । तीन दिन अघि नै कृषी बजार पुगेको ती व्यक्तिलाई क्यारेन्टाइनमा बस्न भने पनि नबसेको पाइएको छ ।
कृषी बजारलाई धरान उपमहानगरको पहलमा धरानवासीलाई हरियो तरकारी विक्रिका लागि खुल्ला गरिएको छ । तर व्यवस्थापन उचित नहुदा उक्त क्षेत्रमा भीडभाड बढेको कृषी बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष एंव व्यवसायी काजी गिरीले बताएका छन् । कृषी बजारलाई व्यवस्थित गरेर नयाँ आउनेहरुको निगरानी र तरकारी लिएर आउनेलाई ज्वरो चेक गर्ने मेसिन आवश्यक भएको गिरीले बताए ।
एक साता अघिसम्म भारतबाटसमेत तरकारी आउने गरेको थियो ती व्यापारी तथा गाडी डाइभरलाईसमेत चेकजाँच गरिएको थिएन् । अहिले भारती तरकारी तथा व्यापारीहरुलाई नेपाल आउन रोक लगाए पनि लुकिछिपी भारतीयहरु धरान आइरहेको बताइएको छ । कृषी बजारमा दैनिक १५ लाख बरावरको तरकारी विक्रि वितरण भइरहेको छ । तरकारी किन बेचका लागि आउने मासिनको चेकजाँचको उचित प्रवन्ध गर्नु पर्ने स्थानीयले बताएका छन् ।