जिरोपोइन्ट /  मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको पहिलो संस्करणको फाइलन खेल शुक्रबारदेखि धरानमा हुने भएको छ ।
विराटनगरको रङ्गशालामा निरन्तर वर्षाको कारण पानी जमेपछि खेल धरानमा सारिएको बिहिबार पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ । शुक्रबारदेखि ३१ गतेसम्म हुने उक्त प्रतियोगिता धरान–१६ मा रहेको धरान रङ्गशालामा हुने प्रदेश लिग आयोजक समितिका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले जानकारी दिएका छन् ।
प्रतियोगिताको फाइनल चरणमा प्रदेश नम्बर १ का ६ टिम छानिएका छन् । दुई समुहमा ३÷३ वटा टिमलाई विभाजन गरिएको छ । लिगको आधारमा हुने उक्त प्रतियोगिताको समुह ‘क’ मा धरान फुटबल क्लब सुनसरी, बौद्धिक विकास समाज समिति धनकुटा र बेलबारी फुटबल क्लब मोरङ्ग रहेका छन् । यसैगरी समुह ‘ख’ मा सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल क्लब खोटाङ्ग र रेडहर्स फुटबल क्लब इलाम रहेका छन् ।
प्रतियोगितामा पहिलो खेल समूह ‘क’ मा रहेको सुनसरी र धनकुटाबीच विहान ८ बजे हुने छ । शुक्रबार नै हुने दोस्रो खेलमा समुह ‘ख’ मा रहेको झापा र खोटाङ्गले दिउसो ४ बजे प्रतिस्पर्धा गर्ने छन् ।
दुबै समूहमा रहेको प्रत्येक टिमले ३÷३ वटा खेल खेल्ने छन् । प्रतियोगिताको फाइनल खेल भने ३१ गते मंगलबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेलको विजेताले नगद ५ लाख रूपैयाँ सहित ४ केजी चाँदीको रनिङ शिल्ड प्राप्त गर्नेछ । साथमा अन्तर प्रदेश प्रतियोगिताको लागी प्रदेश नम्बर १ बाट छनौट समेत हुने छ भने उपविजेता बन्ने टोलीले ३ लाख रुपैयाँ नगद प्राप्त गर्ने छ ।

20190711_154050