धरान / प्रदेश नं १ को राजधानी धरानलाई घोषणा गर्न माग गर्दे आज धरानका राजनीतिक दलहरुले विराटनगरस्थित प्रदेशसभा भवन घेराउ गरेका छन् ।

उनीहरुले धरानलाई प्रदेशको राजधानी घोषणा गर्न भन्दै नाराबाजी पनि गरेका छन् । प्रदेशको राजधानी धरानलाई घोषणा गर्नु पर्ने माग गदैं सिठि जुलससमेत गरेका छन् । उनी ५ वटा वस रिर्जव गरेर राजधानी माग्न विराटनगर पुगेका हुन ।
प्रदेशका राजधानी र नाम टुङ्गो लगाउने तयारी भइरहेको बेला धरानमा प्रदेशका कुनै पनि संरचनाहरु राख्न सत्तारुढ दल, प्रतिपक्ष दलहरुले चासो नदेखाए पछि उनीहरु सडकमा उत्रिएका हुन ।

 

उनीहरुले मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिप भण्डारी, नेकपाका प्रदेश इञ्चार्ज भीम आचार्य, प्रमुख प्रतिपक्ष दलका नेता राजिव कोइरालालाई भेटेर ज्ञापन पत्र पनि बुझाएका छन् । यस्तै ४ वटै मन्त्रीहरूलाइसमेत ज्ञापन दिइएकाे छ । आज प्रदेश सभा बैठकमा राजधानीको नाम प्रसताव गर्ने कार्यक्रम भएकाले धरानेहरुले राजधानी माग्न विराटनगर पुगेका हुन । तस्विरः नवराज राइ

rajdhani12