dharan

श्री माननीय शेरबहादुर देउवाज्यू सम्माननीय पूर्व प्रधानमन्त्री एवम् सभापति, नेपाली कांग्रेस ।

                                        विषयः धरान उपमहानगरपालिका तथा क्षेत्र नं. १ सुनसरी अन्तर्गत गरिनुपर्ने विकास निर्माण                                                         सम्बन्धि ज्ञापन पत्र सम्बन्धमा ।

सम्माननीय पूर्व प्रधानमन्त्री एवम् पार्टी सभापतिज्यू,

सर्वप्रथम पार्टीको धरान उपमहानगर भेलामा अति व्यस्तताका बाबजुद पनि गरिमामय उपस्थितिका लागि हार्दिक धन्यवाद तथा स्वागत गर्दै यहांको यस क्षेत्रप्रतिको लगाव तथा यस क्षेत्रका जनताप्र

[caption id="attachment_7598" align="alignleft" width="400"]Sher Bahadur Deuba Sher Bahadur Deuba[/caption]

तिको उत्तरदायित्वको वोधलाई यस भेगका जनताले प्रत्यक्ष रुपले अनुभूति गरेको व्यहोरा सहर्ष जानकारी गराउन चाहान्छौं ।

विगत देखि नै यस क्षेत्रका समस्याहरु प्रति अति नै संवेदनशील हुने गर्नुभएको र कयौं समस्याहरुको हल गर्नु भएको तथा आजको दिनसम्म पनि विविध समस्याहरुको समाधानका लागि प्रयत्नरत रहिरहनु भएकोले उपरोक्त अनवरत सहयोग र प्रयासको उच्च मूल्यांकन गर्दै भविष्यमा पनि यहांवाट यस क्षेत्रको विकासमा अमूल्य योगदान हुने छ भन्ने विश्वास लिंदै हाल यस धरान उपमहानगर तथा क्षेत्र नं. १ अन्तर्गत तपसिल बमोजिमका विकास निर्माण गर्नुपर्ने ६८टट्कारो आवश्यकता देखिएकाले सोको लागि नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा निकायहरुवाट योजना स्विकृति तथा आवश्यक बजेट तर्जुमा गर्न, गराउन विशेष एवम् सार्थक पहलका लागि नेपाली कांग्रेस धरान उपमहानगर समिति तथा स्थानीय सिंगो पार्टीीको तर्पmवाट यहां समक्ष हार्दिक अनुरोध सहित ज्ञपान पत्र पेश गर्दछौं ।

तपसिलः १. धरानलाई प्रदेश नं. १ को राजधानी बनाउनुपर्नेः भौगोलिक अवस्थिति, अनुकुल हावापानी, शिक्षा, स्वास्थ्य, सडक, प्रशासनिक सुगमता लगायत आवश्यक पर्याप्त पूर्वाधारले धरान भरिपूर्ण भएको, प्रदेशको केन्द्र भागमा रहेको र पूर्वाग्राहीतवरले विगतमा यहांवा६ विभिन्न सरकारी कार्यालयहरु ह६ाइएकाले सोको क्षतिपूर्ति स्वरुप पनि प्रदेशको राजधानी बनाउन माग गर्दछौं । २. एयरपोर्टः धरानवासीको विगत लामो समयदेखिको चाहना र यस क्षेत्रको अति आवश्यकताको रुपमा रहेको एयरपोर्ट निर्माणका लागि हालैमात्र पर्यटन मन्त्रालयवाट धरान विमानस्थल निर्माणा शिर्षकमा दुई करोड बजेट विनियोजन भई नागरिक उड्डयन प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकनको काम अगाडि बढाएको र हवाई मैदानका लागि आवश्यक पर्ने नपुग जग्गा समेत धरान उपमहानगरपालिकाले उपलब्ध गराउने भईसकेको अवस्था रहेको हुंदा धरान विमानस्थललाई उच्च प्राथमिकता दिई निर्माण कार्य अगाडि बढाउन अनुरोध गर्दछौं ।

३. बस पार्कः हाल धरानको व्यस्त बजार एवम् मुटुमै बसपार्क सञचालन हुंदा ब९्दो जनसंख्या र सवारीको चापले बजार अस्तव्यस्त हुनका साथै ट्राफिक व्यवस्थापनमा अत्यन्तै समस्या भईरहेको छ । विगत देखि नै दिगो र वैज्ञानिक बस पार्क निर्माणका लागि पहल भईरहेको भएतापनि हालसम्म बस पार्क निर्माण हुन नसकेकाले दिगो, आधुनिक एवम् वै१ानिक बसपार्क निर्माणका लागि हार्दिक अनुरोध गर्दछौं ।

४. कोशी राजमार्गः निर्माणाधीन ६ लेनको कोशी राजमार्ग धरान बजार भएर जांदा धरान बजारका दुवै तर्फका सबै भवनहरु पूर्णरुपले भत्किने अवस्था रहेको हुंदा राजमार्गलाई सेउती पुलवाट सेउती खोला हुंदै वाइपास गर्न र यसो गर्दा भर्खरै धरान उपमहानगरपालिकामा गाभिएको साविक पांचकन्या गा.वि.स. क्षेत्रको विकासमा समेत महत्वपूर्र्ण टेवा पुग्ने भएकाले धराने जनताको चाहना र भावना बमोजिम वाइपास गर्न हार्दिक अनुरोध गर्दछौं ।

५. धरान चतरा सडकः त्यसैगरी १४० फीट चौडाई कायम हुनेगरी विस्तार गर्न लागिएको धरान चतरा सडकको धनकुटे रोड खण्डमा पनि सडक विस्तारसंगै दुवैतर्फका सयौं भवनहरुमा पूर्ण क्षति पुग्ने देखिएको र उक्त खण्ड पुरानो धरान चतरा सडक समेत नभएकोले तिनकुनेवाट उक्त सडक वाइपास गर्दा सहर विस्तारमा समेत टेवा पुग्ने हुंदा धरानवासीको चाहना र भावना बमोजिम सोही अनुसार वाइपास गर्न अनुरोध गर्दछौं ।

६. निर्माणाधीन बहुजातीय संग्रहालयः धरानमा विभिन्न जातजाति, भाषाभाषी, धर्मवलम्वी र संस्कार संस्कृति भएका समुदायको बसोवास रहेको छ । यसलाई आदिवासी जनजातिहरुको सांस्कृतिक सहर पनि भन्ने गरिन्छ । धरान उपमहानगरपालिकाले उपलब्ध गराएको धरान ज्ञद्ध स्थित जग्गामा हाल बहुजातीय संग्रहालयको निर्माण भईरहेको छ । यसको अनुमानित लागत घछ करोड भएतापनि वर्षेनी ५० लाखको हाराहारीमा मात्र बजेटको व्यवस्था हुने गरेवाट निर्माणमा धेरै समय लाग्ने र लागत पनि धेरै बढेर जाने देखिएकाले एकमुष्ट बजेट व्यवस्थाका लागि अनुरोध गर्दछौं ।

७. वीपी स्मृति पार्कः महामानव वीपी कोइरालाको शतवार्षिकी अवसरमा पार्टीद्वारा आयोजित वीपी विचार यात्राका क्रममा यहां स्वयं र वरिष्ठ नेता रामचन्द्र पौडेलज्यूवाट संयुक्त शिलान्यास गरिएको वीपी स्मृति पार्क शिलान्यास मै सिमित रहेकाले सोको निर्माणका लागि आवश्यक बजेट व्यवस्थाका लागि अनुरोध गर्दछौं ।

८. विष्णुपादुका बराहक्षेत्र जोड्ने पक्की पुल र सडक निर्माणः विष्णुपादुका र बराहाक्षेत्र धार्मिक हिसाबले महत्वपूर्ण स्थानको रुपमा ऐतिहासिक काल देखि परिचित हुंदै आएको हो । तर उक्त क्षेत्रमा पर्ने सर्दुखोलामा हालसम्म कुनै पुल नबन्दा त्यहांका जनता र तिर्थयात्रीहरु आवात जावातमा अति समस्या हुने गरेकाले विष्णुपादुका बराहक्षेत्र जोड्ने सर्दू खोलामा पक्की पुल र सडक निर्माणका लागि अनुरोध गर्दछौं ।

९. सुकुम्बासी समस्या समाधानः १२ हजार घरधुरी तथा हाल ९ हजार मतदाा रहेको र अब अद्यावधिक गर्दा १८ हजार मतदाता पुग्ने धरानको सुकुम्वासीहरुले हालसम्म लालपूर्जा नपाउनुका साथै खानेपानी, ढल, सडक, बत्तीको अभावमा जीवन जीऊन वाध्य भएकाले पुर्जा सहित व्यवस्थित वसोवासको व्यवस्थाका लागि अनुरोध गर्दछौं ।

१०. वृहत्तर विजयपुर विकास कार्यक्रमः धरान १४ विजयपुरमा बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पांचकन्या, विजयपुर गढी (भताभु«ङगे राजदरवार) लगायत रहेको ऐतिहासिक धार्मिक क्षेत्र भएकाले यस क्षेत्रलाई विशेष प्राथकिमकताका साथ पर्य६न पूर्वाधारयुक्त बनाउनुपर्ने भएकाले विशेष गुरु योजना सहित अधिकार सम्पन्न वृहत्तर विजयपुर विकास समिति ग७न गर्न अनुरोध गर्दछौं ।

११. जलाधार क्षेत्रको सिमांकन र संरक्षणः धरानको मुख्य खानेपानीको श्रोतको रुपमा रहेको सर्दु तथा खर्दु जलाधार क्षेत्रको अतिक्रमण दिनदिनै बढ्दै गएकाले यसको विशेष नीति बनाई सिमांकन, घेराबारा र वृक्ष रोपण समेत गरी पूर्ण संरक्षणा गर्न अनुरोध गर्दछौं । साथै भेडेटार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न समेत अनुरोध गर्दछौं ।

१२. सेउती, सर्दु र खहरेमा तटबन्ध निर्माणः धरानको दुवै किनारमा एकातिर सर्दुखर्दु र अर्कोतिर सेउती खेला तथा विच भागमा खहरे खोला रहेकाले वर्षायाममा वर्षेनी हुने कटानवाट मानव वस्ती विस्थापित र खेती योग्य जमिन नास हुने अवस्था रहेको हुंदा तीनवटै खोलामा तटबन्ध निर्माणका लागि अनुरोध गर्दछौं । यसो गर्दा भुमिहिन सुकुम्वासीहरुको वस्तीलाई व्यवस्थित गर्न समेत पर्याप्त मद्दत पुग्ने हुंदा तटबन्ध निर्माणमा चासोका साथ सम्बन्धित मन्त्रालय तथा निकायमा पहल गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं । १३. साविक पांचकन्या अंधेरी खोलामा पक्की पुल निर्माणः धरान उपमहानगरपालिका भित्र रहेको साविक पांचकन्या स्थित अंधेरी खोलामा पुल नहुंदा त्यस क्षेत्रमा रहेका जनताहरुले वर्षौ देखि ठूूलो समस्या भोग्दै आएका छन् । अतः उक्त खोलामा पक्की पुल निर्माणका लागि अनुरोध गर्दछौं ।

१४. वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्तरोन्नति गर्नुपर्नेः पार्टीका संस्थापक नेता महामानव वी.पी. कोइरालाको नाममा नेपाल र भारत वीचको सम्बन्धको प्रतिकको रुपमा स्थापित दक्षिण एशियामै स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानमा ख्याती कमाउन सफल साथै पूर्वाञचलभरीका र मध्यमाञचलका केही जिल्लाहरुका जनताको स्वास्थ्य उपचारमा विशेष योगदान दिंदै आएको तथा देशको स्वास्थ्य नीति र प्रणाालीमा प्रभावकारी भूमिका खेल्दै आएको धरानमा अवस्थित यस प्रतिष्ठानको क्षमता विस्तार र स्तरोन्नति गर्न हार्दिक अनुरोध गर्दछौं । १५. धरानको केन्द्र भागमा रहेको भानुचौक परिसरमा रहेको खाली जग्गामा धरान उपमहानगरपालिकाको आन्तरिक आयमा ६ेवा पुग्ने गरी आयमूलक एवम् पर्य६नमुखी योजना तर्जुमा गरी सो अनुरुपको पूर्वाधार निर्माण गर्न र रात्री बजार सञचालनका लागि आवश्यक सहयोग गर्न अनुरोध गर्दछौं ।

१६. हाल धरान उपमहानगरपालिकामा साविक पांचकन्या गा.वि.स र विष्णुपादुका गा.वि.स. गाभिएकोले जनसंख्या र भुगोल विस्तार भएको हुंदा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक मात्रामा प्रहरी चौकी, श्रोत साधन र जनशक्तिको व्यवस्थाका लागि अनुरोध गर्दछौं ।

१७. धरानलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न यहां रहेको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थलहरु पिण्डेश्वर–विजयपुर–भेडटार–विष्णाुपादुका–बराहक्षेत्र जोड्ने केवलकार निर्माणका लागि आवश्यक पहल गरिदिन हार्दिक अनुरोध गर्दछौं । १८. धरानमा औद्योगिक क्षेत्र रहेको भएतापनि पर्याप्त उद्योगको स्थापना हुन नसक्दा औद्योगिक क्षेत्र नाममा मात्र सिमित हुन गएको देखिएकाले देशको अर्थतन्त्रलाई नै टेवा पुग्ने गरी अन्य उद्योग कलकारखानाको स्थापनाका लागि समेत अनुरोध गर्दछौं ।

१९. नेपाल सरकारको आधिकारिक नक्शा तथा सिमाना मुताविक धरानको सिमाना कायम भईआएको भएपनि दक्षिणतर्फको सिमानामा जबरजस्ती र कपोकल्पित ढंगले विवाद झिक्न खोजेकाले धरानको वास्ताविक भूगोल र नक्शा बमोजिम राज्यस्तरवाट तत्काल सांध सिमानाबारे आधिकारिक पत्र वा निर्देशन जारी गराउन हार्दिक अनुरोध गर्दछौं । ज्ञापन पत्र तयारी समिति संयोजकः सुनसरी जिल्ला सचिव एवम् प्रवक्ता श्री सुजेन्द्र तामाङ सदस्यः निवर्तमान जिल्ला सहसचिव श्री विकास आचार्य निवर्तमान धरान उपमहानगर सभापति श्री किशोर राई क्षेत्रीय सचिव श्री मुरारी भट्टराई धरान उपमहानगर सचिव श्री श्याम पोखरेल