धनकुटा / मुलघाटबाट सुनसरीको चतारातर्फ जाँदै गरेको र्याफ्टिङ आइतवार अपरान्ह सहिदभुमि गाउँपालिका वडा नं.१ सफाईधापमा दुर्घटना हुदा एकको मृत्यु भएको छ ।
¥याफ्टिङमा सवार उदयपुरको त्रियुगा नगरपालिका ६ का ५४ वर्षीय रामबहादुर गुरुङको मृत्यु भएको हो । उपचार गर्न धरान तर्फ लाने क्रममा उनको वाटोमै मृत्यु भएको मुलघाट प्रहरी चौकीले जनाएको छ । गुरुङलाई उपचारको लागी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उदयपुर सिमेन्ट फ्याक्ट्रीमा एसिस्टेन्ट इञ्जिनियरकाे रुपमा कार्यरत गुरुङसहितकाे टिम धरानको सेतु एडभेञ्चरबाट ४ वटा वोटमा गएका थिए । ढुंगामा बोट ठोक्किएको कारण दुर्घटनामा भएकाे थियाे ।