ताप्लेजुङ / आफन्तको पहिचान हुन नसके पछि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकको शवगृहमा आठ दिनदेखि राखिएको मानव कंकालको आइतवार अन्त्येष्टि गरिएको छ । गत चैत्र १७ गते सिरिजंघा गाउँपालिका वडा नं ३ सिकैचामा फेला परेको मानव कंकाल प्रहरीले शव गृहमा ल्याएर राखेको थियो ।
पहिचान गर्ने कुनै प्रमाण फेला नपरेपछि तत्काल हुलियासहित आफन्तको खोजीका लागि प्रहरीको निकाय र सञ्चार माध्यमहरुमा सूचना जारी गरे पनि कोही सम्पर्कमा नआए पछि वडा नं ४ तेल्लोकको कावेली दोभानमा अन्त्येष्टि गरिएको वडाध्यक्ष रुपदास भट्टराईले जानकारी दिए ।
कोही मानिसको बेवारिसे शव भेटिए सात दिनसम्म सार्वजनिक सूचना प्रवाह गरेर पहिचानको प्रयास गर्ने र आफन्त फेला नपरे कानुनी प्रक्रिया पु¥याएर शवलाई अन्त्येष्टि गर्ने व्यवस्था छ ।
अलपत्र मानव कंकालको अन्त्येष्टि
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































