३% बजेटमात्रै युवाकालागी छ त्यसमापनि ९०% खेलकुदमा छ । १० %मा चारवटा संस्था चल्छन् बजेटले युवा परिषदलारइ फलाे गरेकाे छैन ।

अहिले दैनिक १८ सयदेखि २ हजार युवाहरू विभिन्न देशमा काम गर्नका लागि बाहिरिने गरेका छन् । राज्यको युवाप्रतिको गतिलो नीति नहुँदा युवाहरू बिदेशिरहेका छन् । युवाहरूको सीप र दक्षताको पहिचान गर्न नसकिरहेको बेला सरकारले २०७२ सालमा राष्ट्रिय युवा परिषद गठन गरेको छ । जसले युवाहरूको तमाम समस्यालाई समाधान गर्ने बताउँदै आइरहेको छ । तर, हालसम्म प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । तर, युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल भने यसलाई नर्कादै भन्छन् ।