धनकुटा / धनकुटाको पाख्रिवास नगरपालिका-८ चुहाडे खोलामा सोमवार साँझ भरुवा बन्दुक पड्किएर १ जनाको मृत्यु भएको छ ।
साँझ ५ बजेको समयमा आँफैले बोकेको भरुवा बन्दुक पड्किएर सोही स्थान बस्ने ३५ बर्षीय भीमकुमार राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाख्रिवासले जनाएको छ ।
बन्दुक पड्किएर मृत अवस्थामा फेला परेको भन्ने जनाकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पाख्रिवासबाट प्रहरी टोली खटि शव परिक्षणको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको थियाे । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।