सिरहा सिरहाको लहान नगरपालिका–४ मा दुई थान कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानका प्रहारी नायव उपरीक्षक (डिएसपी) राजेश थापाको कमान्डमा खटिएका प्रहरी टोलीले यादवको घर खानतलासी गर्दा दुई थान कटुवा पेस्तोल र लागुआषौधसहित शनिवार नियन्त्रणमा लिएको हो ।
लहान–५ का २६ वर्षीय रामचन्द्र पासमान र लहान नगरपालिका–४ का २४ वर्षीय रंजित यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रंजित यादवको घरबाट दुई थान कटुवा पेस्तोल, राइफलको गोली र लागुऔषध बरामद गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।
डिएपी खरेलका अनुसार यादवको घरमा धानको बोरामा लुकाइ राखेको अवस्थामा दुई थान कटुवा पेस्तोल, केएफ ८ एमएम लेखिएको राइफल र गोली एक थान भेटिएको थियो । त्यसैगरी लागुऔषधहरुमा प्रयोग भइसकेका ८ एम्पुल डाइजेल्याव, ६ एम्पुल फेनारगन, २ एम्पुल लुपिजेसिक, ८ थान सिरिन्ज, ५ ट्याबलेट, डाइलेक्स डीसी १ बोतल बरामद गरिएको डिएसपी खरेलले बताए । पक्राउ परेका यादव र पासमानमाथि अनुसन्धान भइरहेको डीएसपी खरेलले बताएका छन् । बरामद गरिएका हतियार र लागुऔषधबारे पनि खोजबिन भइरहेको उनले बताए । यादव र पासमानमाथि हातहतियार खरखजना र लागुऔषध दुवै मुद्दा चलाउने प्रहरीले जनाएको छ ।