इनरुवा / सुनसरीको कोशी गाउँपालिका ७ स्थित  डकैती गर्न आएका समुहमाथी प्रहरीले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ ।
भारतीय सिमाना भन्दा करिव ५ सय मिटर माथि हतियारसहित आएका ४÷५ जनाको समुहले आईतबार राती १० बजेको समयमा गस्तीमा रहेका प्रहरीमाथी आक्रमण गरे पछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । सो क्रममा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए । प्रहरीले रोक्दा प्रहरी माथि नै आक्रमण गरेका थिए । उनीहरुसँग लोडेड हतियार भएको प्रहरीले जनाएको छ ।
गोली प्रहारमा एक जनाको मृत्यु भए पछि अन्य पनि घाइृते अवस्थामा भागेको प्रहरीले जनाएको छ । उनीहरु भारतीय सिमाना तर्फ भागेको प्रहरीले जनाएको छ ।
एसपी राजन अधिकारीका अनुसार घटनास्थलबाट गोली लोड भएको दुर्इ थान कटुवा पेस्तोल बरामद गरिएको छ । प्रहरीसन्गको मुडभेट पछि उनीहरुले लुटपाट गर्न भने पाएनन ।
भारतीय सिमानाबाट लुटपाट गर्न हतियारसहित आएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । भागेका लुटेराहरुको खोजीका लागि जिल्ला प्रहरी कायाृलयबाट व्यापाक प्रहरी परिचालन गरिएको छ । मृत्यु भएका व्यक्तिको पहिचानका लागि प्रहरीले भारत तथा नेपालका सबै सुरक्षा संयन्त्रमा तस्विर पठाइएको एसपी अधिकारीले जानकारी दिए ।