मिटु (#MEETOO) मुभमेन्ट स्थानीय र अन्तर्राष्ट्रिय र कार्यस्थलमा भएका यौन उत्पीडन र यौन आक्रमणका विरुद्ध उठेको एउटा आन्दोलन हो । मिटु अक्टोबर २०१७ मा यौन उत्पीडनको व्यापक प्रसारलाई प्रदर्शन गर्ने प्रयासमा सोशल मिडियामा प्रयोग गरिएको ह्यासट्याग (#) हो । यो हाल भाइरल भइरहेको छ ।

एजेन्सी÷ मिटु क्याम्पेनले आजभोलि भारत हल्लाएको छ । हलिउडपछि हिन्दी मनोरञ्जनको उद्योगमा मिटु क्याम्पेनमा कयौं सेलेब्सले आफ्नो आपत्ति जनाएका छन् । नाना पाटेकर, आलोक नाथ, विकास बहलसमेत अहिलेसम्म कयौं ठूला सेलेब्सको नाम आरोपको घेरामा आइसकेको छ ।

अभिजित

मिटु क्याम्पेनका कारण गायक अभिजित भट्टाचार्य पनि प्रश्नको घेरामा आएका छन् । एकजना फ्लाइट अटेन्डेन्टले उनीमाथि जिस्क्याएको (हिंसा) को आरोप लगाएकी छन् । इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार फ्लाइट अटेन्डेन्टसँग यो घटना २० वर्ष अघि कोलकातामा घटेको थियो । अभिजितले उनीमाथि चुम्वन गरेका थिए । र उनको बायाँ कान तानेका थिए ।

वरुण ग्रोवर यौन हिंसा र उत्पीडनका विरुद्ध चलिरहेको अभियान ‘मिटु’ को आँच गीतकार र कमेडियन वरुण ग्रोवरसम्म पुगेको छ । उनीमाथि कलेजको समयमा उनकी जुनियर विद्यार्थी युवतीले आरोप लगाएकी छन् । यसपछि अनुराग कश्यम वरुणको बचाउ गर्दै आए । जसका कारण उनलाई सोसल मिडियामा ट्रोल हुनुप¥यो ।

नाना पाटेकर

मिटु मुभमेन्टको धब्बा सबैभन्दा पहिले नाना पाटेकरमा लाग्यो । तनुश्री दत्ताले जुमसँग गरेको अन्तर्वार्तामा नाना पाटेकरले सुटिङका क्रममा अमर्यादित व्यवहार गरेको आरोप लगाएकी थिइन् । यो घटना सन् २००८ ‘हर्न ओ के प्लिज’ को सुटिङको क्रममा भएको थियो । तनुश्रीले नानापाटेकर जबरजस्ती नजिक आउन चाहेको बताएकी थिइन् । नाना त्यसबेला छायांकन भइरहेको गीतमा थिएनन् । यद्यपि उनले इन्टिमेट हुने प्रयास गरेको तनुश्रीको आरोप थियो ।

आलोक नाथ चर्चित अभिनेता अलोक नाथको मामिला पनि अघि आयो । उनीमाथि टीभी शो ‘तारा’ की निर्माता वनिता नन्दाले नाम उल्लेख नगरी फेसबुकमा लेखिन्– एकजना संस्कारी व्यक्तिले यौन उत्पीडन गरे । पछि आईएएनएससँगको कुराकानीमा उनले आलोक नाथको नाम लिइन् ।

आरोपको घेरामा आलोक

अभिनेता आलोक नाथमाथि ‘तारा’ की लेखक र निर्माता विनता नन्दाले ‘रेप’ को आरोपपछि ‘हम साथ साथ हैं’ कि क्रु मेम्बरले यौन उत्पीडनको आरोप लगाए । मिड डेको खबर अनुसार– क्रु मेम्बरले भनेकी छन् यो घटना ‘हम साथ साथ हैं’ को अन्तिम शेड्युलको घटना हो, हामी एउटा रातको सिनका लागि सुटिङ गरिरहेका थियौं ।

मैले आलोकलाई कपडा परिवर्तनका लागि उनको हातमा दिएँ । उनी मेरै अगाडि कपडा उतार्न लागिन् । जब मैले कोठाबाट भाग्ने कोशिस गरें उनले मेरो हात समाते र जबरजस्ती गर्ने प्रयास गरे । उनले भनिन्– मैले पूरै घटना चलचित्र निर्माता निर्देशक सुरज बडजात्यालाई भन्न चाहेको थिएँ तर म निकै डराएकी थिएँ र, भन्न सकिनँ, म तनाबमा थिएँ । आलोकका विरुद्ध केही गर्ने हिम्मत जुटाउन सकिनँ । आलोक सुरज बडजात्याको निकै नजिक थिए । मलाई विश्वास थियो उनले नराम्रो मान्ने छन् ।’

आरोपले घेरिएका आलोक नाथको स्वास्थ्य अवस्था बिग्रिएको छ । उनको वकिलले यसको पुष्टि गरेका छन् ।

चेतन भगत

चर्चित लेखक चेतन भगतमाथि दुई महिला पत्रकारले यौन शोषणको आरोप लगाएका छन् । शीना नामकी एक महिलाले ६ अक्टोबरका दिन आफ्नो ट्विटर अकाउन्टमा चेतनसँग भएको वाट्सएप कुराकानीको स्क्रिनसट शेयर गरेकी छ । त्यसपछि चेतन भगतले आफ्नो फेसबुकमा एउटा पोस्ट लेखेर आफ्नी श्रीमती अनुषा ती महिलासँग माफी मागेका छन् ।

विकास बहल ‘बम्बे भेलवेट’ को प्रमोशनल टुरका क्रममा चलचित्रको क्रुमा समावेश एक महिलाले हफिङ टन पोस्टसँगको अन्तर्वार्तामा विकास बहलमाथि उत्पीडनको आरोप लगाइन् । महिलाले यो कुरोलाई ‘फेन्टम’ फिल्म्सका अनुराग कश्यमसँग पनि खोलेकी थिइन् । तर त्यसबारे कुनै कदम चालिएन । तर यो कुरो सार्वजनिक भएपछि अनुराग कश्यप, विक्रमादित्य मोटवानीले दुःख व्यक्त गर्दै माफी मागेका छन् ।

विवेक अग्निहोत्री

तनुश्री दत्ताले नाना पाटेकरपछि चलचित्र निर्देशक विवेक अग्निहोत्रीमाथि गम्भीर आरोप लगाइन् । उनले चलचित्र ‘चकलेट’ को सेटमा विवेकले कपडा खोलेर सह–अभिनेता इरफान खानसँग डान्स गर्न भनेका थिए । यो विवादमा विवेक अग्निहोत्रीले तनुश्रीलाई पत्राचार पनि गरेका थिए ।

रजत कपुर चलचित्र ‘कपुर एण्ड सन्स’ मा गरिसकेका अभिनेता रजत कपुरमाथि एक महिला पत्रकारले गलत व्यवहार गरेको आरोप लगाइन् । तर यो मामिलाबारे सबै कुरा बाहिर आउनु अघि नै रजतले सार्वजनिक रुपमा माफी मागेका छन् । वास्तवमा पत्रकारको आरोप थियो– रजतले एउटा अन्तर्वार्ताका क्रममा उनीसँग गलत तरिकाले प्रश्नोत्तर गरेका थिए । यो खबर बाहिर आउने बित्तिकै रजतले ट्विटरमार्फत माफी मागेका थिए ।

कैलाश खेर

जर्नलिस्ट नताशा हेमरजानीले ट्विटरबाट कयौं ट्विट्स गर्दै आफूसँग भएको घटना सार्वजनिक गरेकी छन् । उनलाई गायक कैलाश खेर र मोडल जुल्फी सैयदले उत्पीडन गरेको आरोप लगाएकी छन् । कैलाश खेरले आफ्नो बचाउ गर्दै लेखेका छन्, ‘जब मलाई यस आरोपबारे थाहा भयो तब ममा निकै निराशा छायो ।’ उनले माफी माग्दै भनेका छन्, कसैलाई कुनै कुरो गलत लागेको भए वा असमझदारी भएको भए माफी माग्छु ।