एजेन्सी/ पूर्व मिस वल्र्ड तथा बलिउड नायिका ऐश्वर्या राय बच्चन ४४ वर्ष पुगेकि छिन्। उनी १९९४ मा मिस वल्र्ड बनेपछि विश्वभरी चर्चित बन्न पुगेकी थिइन्। उनको सौन्दर्यता र नसालु आँखाको चर्चा अहिले पनि हुने गरेको छ। उनको पर्सनालिटीमा बढ्दो उमेरले कुनै प्रभाव पारेको छैन। १ नोभेम्बर १९७३ मा मंगलुरुमा जन्मिएकी ऐश्वर्या आर्किटेक्ट बन्न चाहन्थिन्। उनले यसका लागि एउटा इन्टिच्युटमा भर्ना पनि भएकी थिइन्। तर, मोडलिङले उनको करिअरमा अर्को मोड ल्यायो। आज उनी बलिउडको सफल अभिनेत्री, आफ्नो परिवारको निकै हेरविचार गर्ने हट एन्ड फिट आमाको रुपमा चिनिने गरेकी छिन्। दर्जनौ हिट फिल्ममा काम गरेकी ऐश्वर्याले २००७ मा अभिनेता अभिषेक बच्चनसँग विवाह गरेकी थिइन्। उनले २०११ मा आराध्यालाई जन्म दिएकी थिइन्।

मोडलिङबाट सुरु भएको उनको करिअर मिस वल्र्ड हुँदै बलिउडसम्म पुगेको थियो। उनी रिता फरियाले १९६६ मा मिस वल्र्डको उपाधि जितेपछि भारतबाट अर्को उपाधि जित्ने मोडल बनेकी थिइन्। अहिले उनी बच्चन परिवारको बुहारी भए पनि कुनै बेला उनको नाम सलमान खान र विवेक ओबरोयसँग जोडिएको थियो। सलमान र ऐश्वर्याको अफेयर १९९९ मा रिलिज भएको ‘हम दिल दे चुके सनम’ बाट सुरु भएका थियो। जुन २००१ सम्म चल्यो। सलमानको भड्किलो बानी व्यहोराका कारण ऐश्वर्याले उनीसँग दुरी बनाएकी थिइन्। यसपछि उनको नाम विवेकसँग जोडियो।

ऐश्वर्या र विवेकले सन् २००४ मा ‘क्यो हो गया ना’ फिल्ममा पनि काम गरेका थिए। यसपछि उनीहरुको हिमचिम बढेको बताइन्छ। ऐश्वर्याले कहिले पनि खुलेर भनिन्, विवेकसँग उनको सम्बन्ध थियो। तर, हरेक कार्यक्रममा उनीहरु सँगै देखिन्थे। विवेकले एकपल्ट पत्रकार सम्मेलनको आयोजना गर्दै ऐश्वर्यासँग आफ्नो बढ्दो सम्बन्धका कारण सलमान खानले फोनबाट धम्की दिन थालेको आरोप लगाएका थिए। यसपछि ऐश्वर्याले विवेकसँग सम्बन्ध तोडेकी थिइन्। सन् २००० मा ‘ढाई अक्षर प्रेम के’ मा ऐश्वर्याले पहिलो पल्ट अभिषेकसँग काम गरेकी थिइन्। यसपछि उनीहरुको ‘उमराव जान’ रिलिज भएको थियो। बिस्तारै बढ्दो हिमचिमले अभिषेकसँग प्रेम भएको थियो।