धनकुटा / विशिष्ट प्रतिभाकी धनी साहित्यकार प्राज्ञ डा.झमक घिमिरेको ३८ औं शुभजन्मोत्सव शुक्रवार धनकुटामा विविध कार्यक्रमको साथ सम्पन्न भएको छ । १ नम्वर प्रदेस सभामुख प्रदिप भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न वरिष्ठ साहित्यकार झमक घिमिरेको ३८ औै जन्मोत्सवको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा प्रदेश नं.१ का विभिन्न साहित्यिक व्यक्तित्व एवं स्रष्टाहरुको उल्लेख्य सहभागिता रहेको थियो । शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सभामुख प्रदिप भण्डारीले नेपाली साहित्यलाई विश्व चिनाउन सफल साहित्यकार झमककुमारी घिमिरेलाई सहयोग गर्न प्रदृश सरकार तयार रहेको बताएका छन् । उनले झमक घिमिरेसंग रहेको अलौकिक वौद्धिक ज्ञानलाई आजका पुस्ताले सहि सदुपयोग गर्न सक्नु पर्नेमा जोड दिएका थिए ।
झमक घिमिरे साहित्यकला प्रतिष्ठान धनकुटाको आयोजनामा सम्पन्न भएको झमक घिमिरेको ३८ औं जन्मोत्सवको अवसरमा साहित्यीक उत्सव समेत आयोजना गरिएको थियो । साहित्यिक उत्सव कार्यक्रममा धनकुटा जितपुरका लेखक गोपाल भण्डारीद्धारा लिखित लाटोको बाटो पुस्तकको विमोचन समेत गरिएको थियो । पुस्तकको विमोचन प्रदेश सभामुख प्रदिप भण्डारी, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहान र सहित्यकार झमक घिमिरेले संयुत्तः रुपमा गरेका थिए ।
सो अवसरमा सुनसरीको धरानबाट सहभागी स्रष्टा ओम कोईराला, लेखनाथ घिमिरे, रमेश घिमिरे, वर्दियाबाट खगेश्वर गौतम, सगरमाथा आरोही देउराली चाम्लीङ्ग, धनकुटाका युवा साहित्यकारहरु मुकन्द प्रयास, रमेशचन्द्र अधिकारी, पाख्रीवासका युवा कवी रोशन परियार, ललित वि.क., चन्द्रकला धमला लगायतले झमकलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै आ–आफ्नो कविता बाचन गरेका थिए ।
झमक घिमिरे साहित्यकला प्रतिष्ठानको चौथो साधरण सभा समेत रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल गुरागाँईले झमक घिमिरे साहित्यकला गन्तव्य धनकुटा विषयक एक अवधारणा पत्र प्रस्तुत गरेका थिए । सो अवसरमा उनले झमकको हाल सम्म जीवन काँडाकी फुल सहित १३ वटा कृति प्रकाशित भैसकेको, अन्य दर्जनौ कृति प्रकाश हुन बाँकी रहेको औल्याएका छन् । अध्यक्ष गुरागाँईले झमक देशको प्रतिभा, राष्ट्रको प्रतिभा र विश्वको प्रतिभा भएकाले सवैले आवश्याक सहयोग गर्न आग्रह गरेका छन् । उनले झमक घिमिरे प्रदेश स्तरिय साहित्यिक एकेडेमी धनकुटामा स्थापना गर्नु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रमको संचालन झमक घिमिरे साहित्यकला प्रतिष्ठान धनकुटाका स–सचिव गिता अधिकारीले गरेका थिए भने कार्यक्रमको औचित्य माथी सचिव जनार्दन घिमिरेले प्रकास पारेका थिए ।