इटहरी । इटहरी–१७ लबिपुर चौक स्थित एक होटलबाट ९ जना जुवाडेलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी १७ बस्ने ४६ बर्षिय खगेन्द्र पराजुली (होटल सचालक ), वर्ष ४८ को हर्क लिम्बु, वर्ष ३५ को सलिम मन्सुरी, वर्ष २६ को दुर्गा खनाल, ईटहरी १६ बस्ने वर्ष ३८ को हर्ष नारायण चौधरी, ईटहरी १७ बस्ने वर्ष ४२ को सतन पराजुली, ईटहरी ८ बस्ने वर्ष ३० को रामबाबु चौधरी, ईटहरी १७ बस्ने वर्ष ३५ को फुलदेव चौधरी र बराहा नगरपालिका ३ बस्ने वर्ष २८ को हरी कार्की रहेका छन् ।
उनीहरुलाई बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले खगेन्द्र पराजुलीले संचालन गरेको होटलबाट तास खेलीरहको अवस्थामा तास र नगद ८८ हजार २ सय ८९ रुपैँयासहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।