पानवारी । मादक पदार्थ सेवन गरी आफ्नै घरमा आतंक मच्चाएको भन्दै इलाका प्रहरी कार्यालयको गस्ति टोलीले धरान–११ का वडाध्यक्ष बाबुलाल लामाका छोरा सुरज लामा सहित अर्का व्यक्ति शेखर लामालाई पक्राउ गरेको छ । शुक्रबार राती १ बजेको समयमा घरेलु हतियार कट्टी देखाएर आफ्नै घरमा झगडा गरिरहेको समयमा इलाका प्रहरी कार्यालयको गस्ति टोलीले लामाद्वयलाई कट्टी सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको इलाका प्रहरी कार्यालयका डिएसपी रामेश्वर पौडेलले जानकारी दिएका छन् ।