विराटनगर । बचतकर्ताले जम्मा गर्न दिएको करडौ रुपैयाँ अपचलन गर्ने विराटनगरका प्राइम सहकारी बचत तथा ऋण सहकारी लिमिटेडको कागजपत्र मोरङ प्रहरीले जफत गरेको छ । सहकारी सस्थाका सञ्चालकहरुले बचतकर्ताको रकम अपचलन गरेको र पीडितको जाहेरीका आधारमा थप अनुसन्धान गर्न प्रहरीले सहकारीको कागजपत्र जफत गरेको हो । लामो समयदेखी विराटनगर ( ९ बाटारोडमा सञ्चालनमा आउँदै गरेको सहकारीले १ सय ८ जना बचतकर्ताको जाहेरीमा १ करोड ६६ लाख ५६ हजार २५ रुपैयाँ बिगो माग दाबी गरिएको मोरङ प्रहरीका प्रवक्ता डियसपी निशान थापाले जानकारी दिए । उनीहरुले सहकारीमा बचत गरेकोे पैसाँ अपचलन गरेको भन्दै फरार भएका ७ जना सञ्चालक विरुद्ध मोरङ प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी आधारमा सहकारी अध्यक्ष इन्द्रलाल श्रेष्ठलाई प्रहरी पक्राउ गरेको छ भने अन्य ६ जना सञ्चालक फरार रहेको डियसपी थापाले बताए । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । सहकारीका अध्यक्ष पक्राउ परेका सँगै मोरङ प्रहरीमा पीडीतहरु ठगिएको जाहेरी दिने बढेको बताइएको छ । ‘दिनै पिच्छे जस्तो प्राइम सहकारीबाट ठगिएको भन्दै जाहेरी दिन आउछन्,’ डियसपी थापाले भने, ‘शुक्रबारसम्म १ सय ८ जना पुगेका छन् ।’ विराटनगरलाई कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको प्राइम सहकारीले बचतकर्ताको लाखौ रुपैयाँ लिएर सञ्चालक फारर भएपछि लामो समयदेखी सहकारी बन्द भएको थियो । पीडितहरुले आफुले जम्मा गरेको रकम पाउनुपर्ने र ठगि गर्ने सञ्चालकहरुलाई कारबाहीको माग राख्दै दिएको जाहेरीको आधारमा सञ्चालक श्रेष्ठलाई प्रहरीले गत १७ जेठमा विराटनगरबाट प्रहरीले पक्राउ गरेको थियो । मटुको विरामी भएकोले अहिले उनको उपचार विराट अस्पतालमा उपचार भइरहेको छ । सहकारीमा एक जनाको १० लाख रुपैयाँ भन्दा बढी जम्मा गरेको छन् । विराटनगरकी रन्जना देवी सरदारले सहकारीमा १० लाख ६ हजार रुपैयाँ जम्मा गरेको पैसाँ लिएर सञ्चालकहरु फरार भएको भन्दै प्रहरीमा जाहरी दिएकी छिन् । त्यस्तै विराटनगरकी देवीमाया अधिकारीको १ लाख ८८ हजार, रेणुका रेग्मीको चार लाख, रानी कुमारी रौनियराको ७ लाख, विनय चौधरीको ४ लाख ६४ हजार, सुनिता सिंहको २ लाख, मङगत रामको १ लाख ५ हजार, प्रमिला तामाङको १ लाख ३७ हजार, काजल कुमारी दत्तको २ ला ३४ जहार, विन्ध्या सुवेदीको ४५ हजार १ सय ३० रुपैयाँ, मोहन कुमार अग्रवालको ३ लाख १ हजार, कृष्ण प्रसाद सुवेदीको ५४ हजार, तारदेवी सुवेदीको ५३ हजार, रन्जिता जैसवालको २ लाख ४९ हजार लिएर सञ्चालकहरु फरार भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले सहकारीका अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएसँगै उजुरी दिनेहरूले आफूले जम्मा गरेको रकमको प्रमाणसहित उजुरी दिन आउने गरेको थापाले बताए । अझै धेरैले जानकारी नपाएकोले यो संख्या अझै बढने प्रहरीले भनाई छ । लामो समयसम्म आफूहरूले बचत गरेको रकम दिन नमानेको भन्दै पीडितले सहकारी डिभिजन कार्यालयमा समेत उजुरी दिएका थिए । ७ सय ७३ सेयर सदस्य रहेको सहकारीको सेयर पूँजी १ करोड ४ लाख, निक्षेप संकलन ७ करोड र ऋण परिचालन ९ करोड रहेको डिभिजन सहकारीमा बुझाएको प्रतिवेदनमा उल्लेख छ ।