धरान (ब्लाष्ट) । युवामाझ लोकप्रिय नायक अनमोल केसीको ‘अनमोल इभ’ हुने भएको छ । भदौ ९ गते अनमोललाई उनका फ्यानहरुले ‘इभ’मार्फत् मनोरञ्जन लिन सक्ने छन् । उनीसँग प्रत्यक्ष सेल्फी पनि खिच्न सक्ने छन् । देशका चार स्थानमा ‘अनमोल इभ’ हुन लागेको हो । उनले प्रत्यक्ष प्रस्तुति दिने कार्यक्रम छ । यसमा उनले निःशुल्क सहभागी बन्ने बताएका छन् । मोनिका इन्टरनेशनल ग्रुपको आयोजनामा बुटबल, पोखरा, चितवन र बिर्तामोडमा उनी सहभागी बन्ने छन् । अनमोलले गायन, नृत्य र आफ्ना फिल्मका केही संवाद प्रस्तुत गर्ने अध्यक्ष कमल जिसीले बताए । अनमोलले आफ्नो ‘क्याप्टेन’ को प्रमोशनका लागि यो कार्यक्रम गर्न लागिएको बताइन्छ । जसमा फुटबल खेलाडीका रूपमा उनलाई देखाइएको छ । र, कसरी उनी कप्तान बन्छन् भन्ने सङ्घर्ष देखाइएको छ । ‘क्याप्टेन’ भदौको अन्तिम साता रिलिज हुँदैछ ।