एजेन्सी । कालो हरिणको मुद्दामा ५ वर्ष जेल तोकिएपछि केही दिनमै धरौटीमा छुटेका सलमान खान अभिनित ‘रेस–३’ बक्स अफिसमा खराब कमाइ गर्ने फिल्म बनेको छ । सन् २००८ मा बनेको रेसले बलिउड नगरीमा राम्रो कमाइ गरेको थियो । सैफअली खान अभिनिति ‘रेस’ कै सिक्वेलको रुपमा ‘रेस–३’ आएको हो । जसमा ‘दबङ ब्वाइ’ सलमान खानको केही चलेन । रिलिजको नवौँ दिन आइपुग्दा पनि फिल्मले औसत दैनिक साढे ५ करोड मात्रै सङ्कलन गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हालसम्म यो फिल्मले एकसय ५३ करोड ६० लाख रुपैयाँ मात्रै सङ्कलन गरेको छ ।

रेमो डिसुजाको निर्देशनमा बनेको ‘रेस–३’ ले दर्शकलाई कुनै प्रभाव पार्न सकेन । त्यो भन्दा पनि बढी सलमानको यसपटक कुनै जोर चलेन । हरेक वर्ष इदको समयमा रिलिज गरिए पनि त्यसको प्रभाव नपरेको भारतीय मिडियामा उल्लेख छ । ‘रेस–३’ ले पहिलो दिन २९ करोड १७ लाख सङ्कलन गरेको थियो । देशको ४ हजार हलमा एकसाथ रिलिज गरिएको थियो । जुन सलमानको पछिल्लो फिल्ममध्ये औसत हो । फिल्ममा सलमानका अलवा अनिल कपुर, बबी देओल, ज्याकलिन फर्नान्डिजलगायतको मुख्य भूमिका रहेको छ ।