विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – ६ का अम्बर बहादुर थापा पेशाले कृषक हुन् । उनले घरपरिवारको लागि दुई वटा जर्सी गाइ पालन गर्दै आएका छन् । घर परिवारका लगि आवश्यक पर्ने दूध राखेर धेरै भएको दूध जीवन विकासद्धारा सञ्चालित डेरी उद्योगलाई विक्री गर्दै आएका छन् । ‘जीवन विकास समाजले खरिद गर्ने सहकारीलाई दैनिक रुपमा १२ देखी १५ लिटरसम्म दूध विक्री गर्दै आएको छु,’ कृषक थापाले भने, ‘गाउँ– गाउँमा पुगेर हामी जस्तो किसानले पालेको गाइको दूध खरिद गरेर हामीलाई आयआर्जनमा सहज पु¥याइदिएको छ । थोरै दूध भएपनि दैनिक जसो खरिद गरिदेन गर्दछ ।’ दूध विक्री गरेर जीवन विकासले दिएको पैसाले गाइलाई अवाश्यक पर्ने आहार (चोकट) देखी घर खर्च चलाउन थप टेवा पुगेको कृषक थापाले जानकारी दिए । कृषक थापा मात्र होइन यसरी जीवन विकास समाजद्धारा सञ्चालित जीवका विकास डेरी प्रोडक्सले धेरै किसानको दूध खरिद गर्दै आएको छ । अहिले मोरङ, इलाम र धनकुटा जिल्लाको गाउँगाउँबाट किसानले उत्पादन गरेको दैनिक ७ देखी ८ हजार लिटर दूध संकलन गरी विराटनगर ल्याउने गरेको जीवन विकास डेरी प्रोडक्स प्रालिका संञ्चालक ओमनाथ भण्डारीले जानकारी दिए । ‘यी तिन वटै जिल्लामा किसानले उत्पादन गरेको दूध स्थानिय स्तरमा रहेका सहकारीले लिने गर्दछन्,’ सञ्चालक भण्डारीले भने, ‘ती सहकारीबाट हामी दूध लिने गर्दछौं ।’ दैनिक रुपमा संकलन भएको दूध विराटनगर ल्याएर विभिन्न परिकारहरु बनाउने गरेको उनले बताए । उनका अनुसार अहिले दूधबाट पनिर, दहि, घीयूलगायतको विभिन्न परिकारहरु बनाएर बजारमा पठाउने गरेको जानकारी दिए । जीवनल विकास डेरी प्रोडक्स प्रालिले उत्पादन गरेको परिकारहरु सजिलै बजारमा विक्री हुने गरेको छ । ‘हामी आफनै प्रोडक्सको स्टीगर प्रयोग गर्दछौं,’ सञ्चालक भण्डारीले भने, ‘हाम्रो कम्पनीको उत्पादन गुणस्तरीय हुने गर्दछ । बजारमा पनि सजिलै खपत हुने गर्दछ ।’ जीवन विकासले दूधबाट उत्पादन गरेको परिकारहरु विराटनगर, रङ्गेली, इनरुवा, धरानलगायतको शहरहरुबा पठाउने गरेका छन् । सञ्चालक भण्डारीको अनुसार जीवन विकास डेरी प्रोडक्स प्रा.लि. मा मात्र ४५ जनाले रोजगारी पाएका छन् ।
































