मोरङ, ब्लाष्ट । मोरङको पथरीशनिश्चरे नगरमा स्थापीत क्रेजी इन्टरटेनमेन्टप्रालिले नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ निर्माण गर्ने भएको छ । चलचित्र असार १५ गतेदेखि छायांकन सुरु हुने चलचित्र निर्माण पक्षले जनाएका छन् । चलचित्रको कथा पत्रकार दोय सन्तोष राई र भीषण राईले लेखेका हुन् । चलचित्रको निर्माता पथरीशनिश्चरेका अशोक साम्पाङ राई, विरेन साम्बा, दिपेन लिम्बु, टिकाराम राई रहेका छन् भने कार्यकारी निर्माता पत्रकार सन्तोष राई रहेका छन् । पथरीका यी ५ जनाको १ करोडको लगानीमा निर्माण हुने यो फिल्मलाई आउँदो मंसिरमा रिलिज गर्ने कार्यकारी निर्माता राईले बताएका छन् । कार्यकारी निर्माता सन्तोष राईको अनुसार पूर्वेली कथा बस्तुमा आधारीत चलचित्र हो । यस चलचित्र हाम्रो पहिलो हो यसलाई एउटा छुटै कथा दिन खोजेको छौँ । पूर्वीली भाषा, रहन सहनलाई कथामा उतार्ने छौँ दर्शकको मन जित्न सक्ने धेरै आशा छ । चलचित्रमा नायक अनुपविक्रम शाही प्रमुख भूमिकामा देखिदैछन् । यस्तै अन्य कलाकारहरुमा वर्षा शिवाकोटी, माला लिम्बू, कविता आलेमगर, कृष्णभक्त महर्जन, शिव मुखिया, शिरोमणि दवाडी, विराज राई लगायतले अभिनय गर्ने भएका छन् । यस्तै पुरानो बुलेट चलचित्रमा उत्तमजंग लिम्बुको संगीत, थिम सङ जयन जे वाईवाको रहेको छ । भने गीतमा स्वर राजेश पायल राई र मेलिना राईको रहेको छ । नायिका वर्षाले आफू जन्मिएको ठाउँ मोरङमा चलचित्रको सुटिङ हुने कुराले दंगभएको सुनाइन् । नायक अनुप र नायिका मालाले पनि चलचित्रमा जोडिन पाएकोमा खुशीव्यक्त गरे । चलचित्रमा छाँयाकन हरि लामाघलेको रहने भएको छ । चलचित्रको छाँयाकन काठ्माडौँमा २० प्रतिशत र पूर्वको मोरङको लेटाङ,भापाको दोमुखा र धनकुटाको नमस्ते झरणा लगाएत बिभिन्न स्थानमा हुने चलचित्र कथा लेखक भिषण राईले बताए ।