नेपाली फिल्मी क्षेत्रमा बौद्धिक नायिकाको उपाधी पाएकी केकी अधिकारी यस्ती नायिका हुन जो कहिल्यै विवादमा परिनन् भने अन्य नायिकाहरुको जस्तै उनको प्रेमको चर्चा कहिल्यै भएन । आफनो व्यक्तिगत जीवनलाई सार्वजनिकरुपमा खुलाउँन नचाहाने केकी पछिल्लो केही दिन यता भने प्रेमको हल्लाको कारण चर्चामा छिन् ।

गायक आर्जन पाण्डे र केकीको प्रेमको गसिपले यतिबेला सिने बजार निकै तातेको छ । दुबैले सामाजिक सञ्जालमा एक अर्कासंग भएका तस्बिरहरु पोस्ट गर्दे आईरहेका छन् भने कतिपय कार्यक्रमहरुमा पनि एकसाथ देखिन्छन् । त्यतीमात्र होईन आर्जनको अधिकांश म्युजिक भिडियोहरुमा पनि केकीले नै अभिनय गरेकीछिन् ।

उनीहरुको बिचको मित्रतामा सबैले प्रेमको सुगन्ध पाएका थिए । आर्जनसंगको प्रेमको बारेमा खासै स्पष्टीकारण नदिएको केकीले कसैसंग आफनो प्रेम सम्बन्ध नभएको बताएकीछिन् । आर्जनसंग आफनो व्यवसायिक सम्बन्ध मात्र रहेको दाबी गर्दे आएकी केकीले भनिन् जुन दिन त्यस्तो कुरालाई लुकाउँनु पर्ने कुरा हुन्छ जस्तो लाग्दैन । कसैसंग प्रेम जुन दिन हुन्छ खुसी खुसी सेयर गर्नेछु ।

आर्जनसंगको सम्बन्धको बारेमा सोध्दा उनले भनिन्  होईन यदि यो कुरा हुन्थ्यो भने म खुसी खुसी स्वीकार गर्थे । हुनत भनिन्छ हावा नचली पात हल्लिदैन अब केकीको बास्तविकता भबिष्यले नै देखाउला तर नेपाली सिनेक्षेत्रमा यस्ता धेरै कलाकारहरु छन् जो प्रेममा छैन भन्दै सामाजिक सञ्जाल भने माई लभ भन्दै तस्बिर सेयर गरेर प्रेममा रमाउँनेहरु धेरै छन् ।