काठमाडौँ । लाजिम्पाटको ग्याङजोङ होटलको परिसरमा भित्र रहेको अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सुसम्पन्न भएको रेस्टुरेन्ट माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्टू को ग्राण्ड ओपनिङ गरिएको छ चर्चित सेलिब्रेटी, समाजसेवी, पत्रकार तथा अन्य पारिवारिक सदश्यहरु बीच उद्घाटन गरिएको उक्त माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्टू प्रमुख अथिति चर्चित नायिका निता ढुंगाना अतिथिहरु बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ, चर्चित फेसन डिजाइनर काजल शर्मा, मोडल तथा नायिका भावना गुरुङ, युवा ब्यबसायी प्रकाश कुमार श्रेष्ठ लगायतले बिधिबत रुपमा रिबन तथा केक काटेर औपचारिक रुपमा उद्घाटन गरेका थिए । बिगत २ दशक भन्दा बेसी अन्तराष्ट्रिय स्तरको लक्जरी चेन होटल रेस्टुरेन्ट तथा बारमा काम गरेको अनुभबलाइ आफ्नो देशमानै केहि गरु भन्ने उदेश्यको साथ खोलिएको माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्टू मा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ भने अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक खालको स्वादिष्ट परिकारको स्वाद लिनको साथै रेस्टुरेन्टमा बसेर स्पोर्टको मज्जा लिनको साथै विश्वकप फुटबलको रौनक दृश्य हेर्न सकिने कुरा माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्टू का संचालक लाल श्रेष्ठले बताए । रेष्टुरेन्ट विहान ११ बजे देखि राति १२ बजेसम्म संचालनमा आउनेछ । विहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठि, इभेन्ट तथा पार्टीहरु समेत संचालन गरिने बताइएको छ । रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने भएको छ । लाजिम्पाटमा खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजना संचालक द्वय लाल श्रेष्ठ र राजन भण्डारीले लिएका छन ।