पानवारी। धरान–१७ स्थित उदय सामुदायिक वनको हलमा महिलाहरुलाई अचार बनाउने तालिम दिइएको छ ।

१७ नं. वडा कार्यालय धरानको आयोजना तथा नेबुला फुड प्रोडक्टसन प्रालि धरानको प्राविधिक सहयोगमा १७ नं. गृहिणीहरुलाई अचार बनाउने तालिम दिइएको हो । शुक्रबार र शनिबार २ दिनसम्म चल्ने तालिममा पहिलो दिन सहभागीहरुलाई सैद्धान्तिक ज्ञान दिइएको वडा सचिव शिशिर श्रेष्ठले बताए । तालिममा आज शनिबार व्यवहारीक ज्ञान दिने तालिम दिइरहेका प्रशिक्षकले बताए ।

तालिममा सहभागी महिलाहरुलाई प्रयोगात्मक कक्षा दिन धरान–१७ मा रहेको फुड प्रोडक्सन प्रालिको फ्याक्ट्रिमा नै तालिम दिइने वडा सचिव श्रेष्ठले बताए । १७ नं. वडाको महिला लक्षित कार्यक्रम अन्तगत तालिमको कार्यक्रम गरिएको वडाध्यक्ष सूर्यबहादुर भट्टराईले बताए । उनले भने –‘तालिम पश्चात गृहिणीहरुलाई सामुहिक रुपमा तथा व्यक्तिगत रुपमा अचार उद्योगको सुरुवात गर्न सक्ने बनाइनेछ ।’