काठमाडौँ /बलिउडकी अभिनेत्री कैटरिना कैफ पहिलो पटक आफ्नी बहिनीका साथ एक पत्रिकाको आवरणमा देखापरेकी छन्। आफ्नी कान्छी बहिनी इशाबेल कैफका साथ उनी ब्राइडस टुडे नामक म्याग्जिनको आवरणमा देखिँएकी हुन। अनुहार हेर्दा बहिनी इशाबेल कैटरिना कैफजस्तै देखिएकी छन्।

कैटरिना र इशाबेल दुवैले आफ्नो यस्टाग्राम एकाउन्टमा उक्त म्याग्जिनको कभर सार्वजनिक गरेका छन्। फोटो सार्वजनिक गर्दै कैटरिनाले लेखेकी छन्, ‘मेरी ठूली बहिनी नुपुर मेहताले गरेको डिजाइन।’ कैटरिना र उनी बहिनीको तस्विरमा उनका प्रसंशकहरुले कमेन्ट गर्दै बहिनी इशाबेल दिदी कैटरिनाको फोटोकपी जस्तै भएको बताएका छन्।

खबरअनुसार उनीहरुले यो तस्बिर म्याग्जिनकको अप्रिल अंकका लागि सुट गरेका हुन्। यस फोटोको डिजाइन चर्चित डिजाइनर तरुण तहिलियानीले गरेका हुन्।