काठमाडौं/ विश्वको अर्बपति सूचीमा रहेका भारतीय व्यवसायी मुकेश अम्बानीका जेठा छोरा आकाश अम्बानीको हिरा व्यापारी रसेल मेहताकी छोरी श्लोका महेतासँग विवाह हुने भएको छ । उनीहरुबीच मार्च २४ मा इन्गेजमेन्ट भइसकेको छ ।

गोवामा भएको इन्गेजमेन्ट भएपछि मुम्बई फर्के लगत्तै सोमबार मुकेशले एउटा भव्य पार्टी दिए । जसमा बलिउडका चर्चित कलाकारदेखि क्रिकेटरसम्मलाई आमन्त्रण गरिएको थियो । उक्त पार्टीमा बलिउड अभिनेता शाहरुख खान आफ्नी श्रीमती गौरी खानको साथमा सहभागी भएका थिए ।

यस्तै पूर्व विश्व सुन्दरी तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन, उनकी छोरी आराध्या बच्चन, कैटरिना कैफ, करण जौहर, जोन अब्राहम, जहीर खान, किरण रावलगायतका कलाकारहरु सहभागी भएका थिए ।