कुनै बेलाका प्रेमी-प्रेमिका हुन् बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ । प्रेम तोडिएपछि उनीहरुबीच लामो समय पानी बाराबार भयो । तर, पछिल्ला दिनहरुमा उनीहरु फेरि नजिकिएका छन् । तर, प्रेमी-प्रेमिकाको रुपमा नभएर साथी-साथीको रुपमा । सार्वजनिक कार्यक्रमहरुमा उनीहरु लामो गफ लडाएर बसिरहेका देखिन्छन् । हालै मात्र सलमान र कट्रिनाको एउटा भिडियो भाइरल भएको छ । भिडियोमा उनीहरुले एउटै कपमा पालैपालो चिया पिएको देखिन्छ । पुणेमा आयोजित सलमानको ‘द ब्याङ’ टुरभन्दा अगाडि सलमान, सोनाक्षी, कट्रिना र डजी शाह स्थानीय मिडियासँग कुरा गर्दै थिए । यस अवसरमा सलमान अन्य स्टारहरुसँग पत्रकारहरुको प्रश्नको जवाफ दिइरहेका थिए । यही क्रममा कट्रिनाले सलमानको मग लिएर चिया पिएको दृष्य देखिएको हो । त्यसो त सेलिबि्रटीहरुमा एक-अर्काको जुठो चल्नु कुनै नौलो कुरा होइन, तर, सलमान र कट्रिना दुवैका फ्यानहरुले यो भिडियो जोडतोडले सेयर गरिरहेका छन् । फिल्मको कुरा गर्दा सलमान यतिबेला रेस ३ को सुटिङमा व्यस्त छिन् भने कट्रिना आमिर खानको प्रोजेक्ट ठग्स अफ हिन्दोस्तानमा । यिनीहरु यसअघि टाइगर जिन्दा है मा सँगै देखिएका थिए ।