सुनसरी/ साधुरोबाटो थिचाल्दै आगलागी भएको स्थान सम्म समयमै दमकल पुग्न नसक्दा बराह नगरपालिकाका वडानम्वर ११ का सरदार वस्ती नै सखाप भएको छ । वस्तीमा स्थानीय पुरन चौधरीको घरबाट बिद्युत सट भई सल्कीएको आगो समयमै नियन्त्रणमा आउँन नसक्दा पुरै वस्ती जलेर नष्ट हुन पुगेको हो ।

बस्तीका ४६ परिवारका ७० वटा घर–टहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रहरी प्रमुख डिएसपी नारायण चिमरियाले बताए । उनका अनुसार, १८ वटा चौपया मरेका छन् । आगलागी पछि इटहरी,विराटनगर,इनरुवा,दुहवी र विराटनगरबाट समयमै आगलागी भएको वस्तीमा दमकल आएको भए पनि वस्ती सानो भएको कारण गाउँ छिर्ने नसक्दा समयमै आगो नियन्त्रण हुन नसकेको उनले स्वीकार गरे । उनले भने दमकल समयमै आयो तर आगो भने निभाउँन समयमै पाएन् ।

बाक्लो वस्ती,सानो बाटो भएकै कारण आगलागीमा धेरै क्षती बेहेर्नु परेको उनको भनाई थियो । बाटो साँगुरो भएको कारण दमकल आगली भएको ठाउँ सम्म पुग्न समय लाग्यो जिल्ला प्रहरी कार्यलय निमिक्त प्रमुख चिमरियाले भने । नेपाली सेना,शशस्त्र नेपाल प्रहरी र स्थानीय जनताको साथमा साडे ११ बजे आगो नियन्त्रणमा आयो ,बाटो साधुरो नभएको र दमकल वस्ती छिट्टै पुगेको भए केहि हद सम्म थोरै वस्ती बस्ती बच्न सक्थ्यो उनले भने ।

आगो सल्किएपछि वस्तीमा ग्यास पड्किएर ठूल्ठूलो आवाज आउने गरेकाले ज्यान जोगाउन सिवाय केही गर्न सक्ने अवस्था भएन,’ स्थानीय पिडित चौथी सरदारले भनिन, ‘आफ्नै टहरा खरानी हुदैं गएपछि वस्तीका बासीन्दालाई सम्हालिन गाह्रो भयो । राति ८.३० बजेदेखि लागेको आगो निभाउन प्रहरीको टोली बेलैमा पुगेपनि दमकल ढिलो गरि पुग्दा वस्तीका कुनै पनि घर बचेनन् उनले दुखेसो गदै भनिन् । आगलागी राति ८.३० देखि आगो सुरु भयो तर दमकल भने साडे ९ बजे एउटा आईपुगेको थियो आगलागी पीडित इमानन्द चौधरीले भने । ठूलो संख्यामा गाउँले र प्रहरी आगो निभाउँने प्रयास गरे पनि सिलिन्डर पड्किँदा कोही पनि आगो निभाउन अघि सरेनन् । ‘सवैलाई ज्यान जोगाउने मात्र चिन्ता थियो । सिलिन्डर ड्याम ड्यामी पड्कदा समस्या भयो उनले भने ।

वस्तीका सम्पूर्ण घर, लत्ताकपडा, भाडावर्तन, खाद्यन्नलगायतका सम्पूर्ण सामान जल्दा एक करोड ३७ लाख ६४ बराबरको प्रारम्भिक क्षती भएको अनुमान गरिएको छ। आगो राति ११.३० बजे मात्र नियन्त्रणमा आएको थियो । आगलागी पीडितलाई नेपाल रेटक्रस सोसाइटी सुनसरीले राहत सामग्री वितरण गरेको छ। रेटक्रसले त्रिपाल, पानी, चिउरा, चाउचाउ, एक सेट भाडावर्तन, जीवनजललगायतका सामान वितरण गरेको रेडक्रसका जिल्ला सभापति उमेश थापाले बताए । जिल्ला विपद् व्यवस्थापन समितिले प्रति परिवार पाँच हजार रुपैयाँ पनि प्रदान गरेको निम्ति प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए ।

आगलागी पीडितलाईं नगद रकम प्रदेश नं. १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्की र वातावरण तथा वन मन्त्री जगदीस कुसियतले प्रदान गरे ।