सुनसरी/ इटहरी उपमहानगरपालिकाले ३ वर्षअघि खरीद गरेको ५० लाख रुपैयाँको दमकल थन्किएको छ । २० हजार रुपैयाँ पर्ने पानी तान्ने पम्पको रबर किन्न नसक्दा ६ महीनादेखि दमकल थन्किएको हो ।

[caption id="attachment_73916" align="alignleft" width="367"] फाइल तस्वीर[/caption]

सुक्खायाम शुरू भइसक्दा समेत यसको मर्मतमा उपमहानगरले चासो देखाएको छैन । रबर किन्न भारतको हरियाणा पुग्नुपर्ने भएकाले मर्मतमा ढिलो भएको दमकलका चालक रामप्रसाद घिमिरेको भनाइ छ ।

एउटा सामान बिग्रेपछि त्यसलाई बनाउन भारतबाटै मानिस र सामान झिकाउनुपर्ने बाध्यता रहेको उनले बताए । उनले भने, ‘नेपालमा दमकल खरीद गरेर नगरपालिकालाई उपलब्ध गराउने कम्पनीसँग मर्मत केन्द्र नै छैन ।’ उपमहानगरका २ ओटा दमकलमध्ये यतिबेला एउटा मात्र चालू अवस्थामा छ ।

नयाँ दमकल बिग्रिएपछि २० वर्ष पुरानो दमकलले जसोतसो काम चलाउनु परेको छ । तर, समयमा सर्भिसिङ हुने गरेको छैन ।