विराटनगर/ गीतकार रोशन भट्टराईको तेस्रो गीति एल्वम् ‘आर्या’ बजारमा ल्याउने तयारीमा छन् । उनले चर्चित गायकको स्वर रहेको दुई वटा एल्वम् यस अघि नै बजारमा ल्याइसकेका छन् ।
स्रोता दशर्कको रोजाइको गीत लेख्न सिपालु गीतकार भट्टराईले बजारमा ल्याउन लागेको एल्वममा चार वटा गीत समावेश गरेका छन् । तेस्रो एल्वममा पनि उनले चर्चित गायकहरुको स्वर रहेको छ । ‘स्रोताको मन छुने गीत समेटर एल्वम् बजारमा ल्याउने तयारीमा छु,’ उनले भने, ‘विगतको एल्वम जस्तै आर्याले पनि बजार राम्रो लिनेछ ।’ उनका एल्वम्मा गायक नविन के भट्टराई, किरण प्रधान, सन्तोष लामालगायतको स्वर रहेको छ । तेस्रो एल्वमबाट नयाँ गीतको म्युजिक भिडियो समेत बनाएका छन् । ‘के सौन्दर्य हुन्छ...’ गीत नवीन के भट्टराईले गाएको गीतको म्यूजिक भिडियो तयार पारेका हुन् । संगीत उमेश रेग्मी ‘युमेश’ ले गरेका छन् रोशनको आउन लागेको एल्बम ‘आर्या’ मा रहने उक्त गीतको भिडियोमा कमल र रविनाले खेलेका छन् । भिडियोको निर्देशन सागर राजले गरेका हुन् । उक्त गीतको म्यूजिक भिडियोमा रबिना थापा र कमल अभियन गरेका छन् । उनका अनुसार बजारमा आउने तयारीमा रहेको एल्वमा लोक पप, आधुनिक गीतहरु रहेको जानकारी दिए ।