तरहरा / इटहरीमा पहिलो पटक मिस्टर एण्ड मिस फेस अफ पूर्वाञ्चल २०१८ प्रतियोगिात हुने भएको छ । पूर्वका मुख्य शहरहरुलाई लक्षित गरी पूर्वमा पहिलो पटक यस्तो प्रतियोगिता गर्ने लागीएको आयोजकले जनाएको छ । युहान इन्टरनेशनल प्रालि इन एसोसियट वईथ न्युलाईटले उक्त प्रतियोगिता गर्ने लागेको हो ।
आगमी शनिवारबाट अडिसन हुने आयोजकले जनाएको छ । प्रतियोगिताका इभेन्ट म्यानेजर दिपेश धिमालले १६ देखि २६ वर्ष सम्मका युवा युवतीले उक्त प्रतियोगितामा भाग लिन पाउँने वताए । पूर्वको शहरहरु धरान ।इटहरी,विर्तामोड,विराटनगर लगायतका युवा युवतीलाई लक्षित गरी कार्यक्रम आयोजना गरीएको उनको भनाई थियो । यस्ता प्रतियोगिता काठमाण्डौमा धेरै हुने गरेका भए पनि पूर्वमा पहिलो भएको उनको दावी थियो ।
प्रतियोगितामा युवा युवती दुवैले प्रतिष्प्रर्धा गर्ने पाउँने भएको कारण प्रतियोगिता उत्कृष्ट हुने आयोजक इन्टरनेशनलका आशिष चौधरीले वताए । उनले भने प्रथम पुरस्कार ५० हजार ,म्युजिक भिडियो लगायतले पुरस्कृत गरीने आयोजकले जनाएको छ । पछिल्लो समयमा प्रतियोगिता धेरै भए पनि इटहरीमा हुन लागेको यो प्रतियोगिता नौलो भएको आयोजकले दावी गरेको छ ।
प्रतियोगिता १६ लाखको लगानीमा हुन लागेको आयोजकले जनाएको छ । केटाहरुको लागी प्रतियोगिता पूर्वमा नभईरहको अवस्थामा भईरहको जनाएको छ । इटहरीको जयनेपाल होटलमा हुन लागेको कार्यक्रममा सलुन वस्नेत,आकृतिहिमाल चुडाल,ज्योति लिम्वु, कृष्टिन पौडेल लगायतका सहभागीता हुने आयोजकले जनाएको छ ।