तेह्रथुम/अवैध रुपमा भरुवा बन्दुक बोकेर हिँडेका एक युवालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

प्रहरीले छथर गाउँपालिका–५ ओख्रेका ३२ वर्षिय देवेन्द्र नेपालीलाई बुधबार अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सुराकीका आधारमा नेपालीलाई ओख्रेबाट भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबहादुर ढकालले बताए।

नेपालीलाई इलाका प्रहरी कार्यालय बसन्तपुरमा राखेर अनुसन्धान गरिहेको निरिक्षक ढकालले जानकारी दिए ।