यदी तपाईं आफ्नै पहलमा गन्तव्य मुलुकको भिषा प्राप्त गरी वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ भने त्यस प्रक्रियालाई व्यक्तिगत स्वीकृति र भिषालाई व्यक्तिगत भिषा भनिन्छ। यसका लागि तपाईंले नेपाल सरकार वैदेशिक रोजगार विभागबाट अन्तिम अर्थात श्रम स्वीकृति लिनुपर्छ। दुतावासबाट प्रमाणित नभएको ब्यक्तिगत भिषामा घरेलु कामको लागि जान बढी जोखिम हुन सक्छ।

तल दिएका कागजपत्रहरु कामदार अर्थात तपाईं स्वयं आफैले वैदेशिक रोजगार विभागमा बुझाएपछी मात्र अन्तिम तथा श्रम स्वीकृती प्राप्त हुन्छ।

क्रमवद्द तरिकाले भन्नु पर्दा, विभागले तोकेको ढाँचामा दरखास्त फारम, जान चाहेको मुलुकको भिषाको प्रतिलिपी, राहदानीको प्रतिलिपी, विदेशमा गर्नुपर्ने कामको प्रकृती खुलेको कागजातको प्रतिलिपी, रोजगार दिने संस्थाले दिएको स्वीकृति पत्र र रोजगारका शर्त तथा सुविधा स्पष्ट उल्लेख भएको सम्झौताको प्रतिलिपी, स्वास्थ्य प्रमाणपत्र, पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, कम्तीमा रु. पाँच लाख बराबरको अवधि भरी कायम रहने गरी विमा गरेको प्रमाणित कागज, वैदेशिक रोजगार कल्याणकारी कोषमा रू.१,००० जम्मा गरेको रसिद, दर्खास्तको ढाँचामा तोकिएको अन्य कागजातहरु चाहिन्छ।