तेह्रथुम/मोराहाङ्ग ८ तेह्रथुममा जन्म भई बैदेशिक रोजागरीको शिलशिलामा बेल्जियममा रहेका कमलप्रसाद भारतीले स्थानीय दुई विद्यालयमा ४ लाख रुपैयाँ बरावरको छात्रबृत्ति अक्षयकोष स्थापना गरिदिएका छ ।

भारतीले मोराहाङ्ग ८ को जाँते निमावि र स्थानीय गौखुरी उच्च मावि मोराहाङ्ग २ मा स्वर्गीय आमा धनमायाँ भारतीको स्मृतिमा ‘धनमायाँ स्मृति’ अक्षयकोष स्थापना गरिदिएका हुन । विद्यालयका पूर्व विद्यार्थी भारतीले जाँते निमाविमा १ लाख रुपैयाँ र गौखुरी उच्च माविमा २ लाख ९० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको विद्यालयका प्रधानाध्यापकले जनाएका छन् । भारतीले जाँते निमाविमा प्रावि तहसम्म र गौखुरी उच्च माविमा मावि तहसम्मको अध्ययन गरेका थियो ।

अक्षयकोष स्थापनाका लागि पुर्व विद्यार्थी भारतीले बेल्जियमबाटै विद्यालयको बैंक खातामा रकम पठाएपछि अक्षयकोष स्थापना गरिएको जाँते निमाविका प्रधानाध्यापक गणेशप्रसाद गौतमले बताए । जाँते निमाविमा स्थापना गरिएको १ लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट प्रावि तहमा दुई र निमावि तहमा दुई जना छात्रालाई बर्षेनी पुरस्कृति गरिने विद्यालयले जनाएको छ ।

यसैगरी पूर्व विद्यार्थी भारतीले गौखुरी उच्च माविमा पनि दुई लाख ९० हजार रुपैयाँको छात्रबृत्ति अक्षयकोष स्थापना गरिदिएको प्रधानाध्यापक विश्वराज खापूङ्गले बताए । बेल्जियममा ब्यवसाय गर्दै आएका भारती बिगत आठ बर्ष अघिदेखी परिवार सहित उतै बस्तै आएका छ । उक्त रकमको ब्याजबाट निमावि तहमा दुई र मावि तहमा २ जना छात्रालाई बर्षेनी छात्रवृति प्रदान गरिने विद्यालयले जनाएको छ ।